काठमाडौं- मनाङ जिल्लामा १८ वर्ष उमेर माथिका सम्पूर्ण नागरिकलाई कोरोना बिरुद्धको खोप जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै छ ।
कोभिड-१९ खोप व्यवस्थापन जिल्ला समन्वय समितिको निर्णय अनुसार खोप लगाउन बाँकी नागरिकका लागि जोन्सनको खोप लगाउन लागिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय मनाङले सुचना जारी गर्र्दै डिस्याङ गाउँपालिकामा साउन १३ देखि १५ गतेसम्म, चामे गाउँपालिकामा १३ देखि १७ गतेसम्म र नासो गाउँपालिकामा आजसम्म खोप लाउने कार्यतालिका रेहेको जनाएको छ ।