काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन तर्फका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार साउन १२ गतेको मन्त्रिपरिषदको बैठकले अर्यालसहित तीन जना सचिवलाई सरुवा गरेको हो।
लामो समय स्वास्थ्य सचिवका रुपमा रहँदा अर्यालले खोप खरिदमा प्रभावकारी काम गरेका थिए । उनकै नेतृत्वमा स्वास्थ्यले चीनसँग ननडिस्क्लोजर एग्रीमेन्टअन्तर्गत ४० लाख डोज खोप खरिद गरेको थियो । अर्याल २०७७ जेठ १८ देखि स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए।