काठमाडौं- एक महिना अघि कोरोना बिरुद्धको भेरोसेल खोप लगाएकाहरुका लागि स्वास्थ्य कार्यालय काठमाडौंले यसै साता देखि दोस्रो मात्रा सुरु गर्ने भएको छ । तर दोस्रो मात्रा खोप लगाउँनका लागि भने अनिवार्य विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा खोप लगाएको कार्ड लिएर खोप लगाउँन जानु पर्ने कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले दोस्रो मात्रा खोप अवको चार पाँच दिन भित्र सुरु गर्ने बताएका छन् । उनले खोप अभियानलाई व्यवस्थित गर्न सरकारले विद्युतीय दर्तालाई अनिवार्य गरेको बताए ।