काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोहि अवधिभरमा त्यहाँ ४२४ जना संक्रमितको मृत्यु भएको छ ।
तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार ७८४ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १६ लाख ९५ हजार ३६८ पुगेको छ ।
त्यस्तै भारमा हाल ४ लाख २० हजार ८७९ जना संक्रीय संक्रमित छन् ।
पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २४ हजार ८०८ पुगेको छ ।