काठमाडौं- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज सोमबार आफ्नो १० औं दिनमा आगामी १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका छन् । मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग रहने समेत जनाएका छन् ।
उनले ले आफु यस अगाडि आवद्ध रहेको सबै व्यवसाय त्यागेको भन्दै स्वार्थ नबाँझिने कुनै पनि काम नगर्ने स्पष्ट पारेका छन् । मन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता यो महामारीबाट जनतालाई जोगाउँनका लागि खोप समानरुपमा वितरण गर्ने बताएका छन् ।
छिट्टै नै सम्पुर्ण नेपाली जनतालाई पूर्ण खोपको पहँुचमा पुर्याउने मन्त्री श्रेष्ठले बताए ।