काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै असोज अन्त्यसम्म कोरोना भाइरसविरुद्धको खोपको दुई करोड मात्रा सुनिश्चित हुने बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १ करोड ५० लाख डोज खोपको खरिद सम्झौता भइसकेको र असोज मसान्तसम्म २ करोड डोज खोप नेपाल ल्याउन सक्ने बताए।
कोभ्याक्सबाट १ करोड १३ लाख, कोभ्याक्सकै लागतमा १ करोड ५० लाख खोप ल्याउने जसमध्ये ४० लाख डोज खोपको भुक्तानी भइसकेको उनले भनाइ छ ।
साथै उनले 'भने वयस्क तथा किशोर–किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद प्रक्रिया शुरू गरेको जानकारी दिए ।'
मन्त्री श्रेष्ठका अनुसार दुई साताभित्र चीन र जापानबाट ३२ लाख डोज खोप आउने उनको भनाइ छ उनले भने चीनबाट भेरोसेल र जापानबाट एष्ट्रेजेनेकाको खोप ल्याउँन लागिएको हो ।
हाल टेकुको स्टोर ३ लाख ५० हजार डोज, प्रदेशका स्टोरहरुमा १३ लाख र ७७ वटै जिल्लामा १८ लाख डोज खोप मौज्दुता रहेको जानकारी दिए ।
यस्तो छ अन्य खरीद प्रक्रियाः