काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए) ले नेपाललाई ८०० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । यूएनएफपिएले कोभिड–१९ महामारी प्रतिकार्यमा उपलब्ध गराउँदै आएको मानवीय सहायतालाई निरन्तरता दिंदै थपजीवन रक्षक सामग्री प्रदान गरेको छ ।
नेपाल स्थित यूएनएफपिए उपप्रतिनिधि डा. हसिना बेगमले आज रु १ करोड १९ लाख (१ लाख अमेरिकी डलर) मुल्य बराबरको ८०० थान अक्सिजन सिलिन्डर स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीलाई हस्तान्तरण गरेकि हुन् ।
नेपालको कोभिड–१९ प्रतिकार्यका लागि यूएनएफपिएबाट प्राप्त सहयोग नेपाल सरकार, चीन सरकार र युएनएफपीए बीचको विद्यमान दक्षिण–दक्षिण र त्रिकोणीय सहयोग परियोजना सम्झौता अन्तर्गत चीन सरकारबाट प्राप्त आर्थिक सहयोगका कारण सम्भव भएको हो ।
कोभिड–१९ को दोस्रो लहरविरुद्ध सङ्घर्ष गरिरहेको समयमा नेपालले अक्सिजनको ठूलो अभावभोग्नु परेको हामी सबैलाई थाहा नै छ । महामारीले देशभरिका स्वास्थ्य संस्थाहरुमाथिनिकै ठूलो दबाब सिर्जना गरेको छ ।“हामीलाई अहिलेको आपतकालीन स्थितिको सामनागर्न र सम्भावित तेस्रो लहरको लागितयारी गर्न अक्सिजनको आवश्यकता पर्न सक्ने निर्देशक डा. टिंकरीले बताए ।
चीन सरकार र यूएनएफपिएको यो सहयोगले अक्सिजन आपूर्ति सहज रहेका स्वास्थ्य संस्थाहरुमा पहुँच बढाउन मद्दत गर्नेछ”,डा टिंकरीले भन्ने । “हाम्रो सामूहिक कोभिड–१९ प्रतिकार्यमा अन्तरराष्ट्रिय विकास साझेदारहरुसंगको साझेदारीको हामी कदर गर्दछौं ।”
महामारीले महिला र जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरु माथि निकै ठूलो असर पारेको छ, जसले परिवार नियोजन सहित यौन तथा प्रजनन स्वास्थ्य सेवाहरु प्राप्तगर्न ठूला व्यवधानका साथै लैङ्गिक हिंसाको बढ्दो जोखिमको सामना गरिरहेका छन् ।
“कोभिड–१९ का बिरामीहरुलाई महत्वपूर्ण सहयोग प्रदान गर्दा हामीले महिला र किशोरीहरु माथि यो अप्रत्यासिल महामारीको प्रभाव न्यून गर्न स्वास्थ्यकर्मीहरुको सुरक्षा, लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको सम्बोधन र गर्भनिरोधक तथा प्रजनन स्वास्थ्य सामग्रीहरुको आपूर्ति सहित यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरुको निरन्तरतालाई सुनिश्चित गर्नु पर्छ,” यूएनएफपिए नेपालकी प्रतिनिधि लुब्ना बाकीले भनिन् ।
प्रजनन उमेरका महिलाहरु तथा किशोरीहरुको विशेष र निश्चित आवश्यकताहरु सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि यूएनएफपिएले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारहरु र साझेदारहरुसंग काम गरिरहेको छ । बाकी भन्छिन् “ यो महत्वपूर्ण समयमा जीवन बचाउनका लागि अक्सिजन सिलिन्डर उपलब्ध गराउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद छ ।”
यस अघि पनि चीन सरकारको सहयोगमा यूएनएफपिएले महिला तथा युवतीहरुका लागि जीवन रक्षक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा विरुद्धका सेवाहरुको निरन्तरता सुनिश्चित गर्दै संक्रमण रोकथाम गर्ने नेपाल सरकारको प्रयासलाई मद्दत गर्न ७,२४८ थानपिपिई कीट उपलब्ध गराएको थियो । त्यसका अतिरिक्त, अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रहरु र सुरक्षित आवास गृहहरुमार्फत यूएनएफपिएले चीनको सहयोगमा कोभिड–१९ र मनसुन आपतकालीन प्रति कार्य स्वरूप देशभरी महिला तथा किशोरीहरुलाई ३४२,९३० थान सेनेटरी प्याड वितरण गरेको छ ।