काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधिभर २३ जना संक्रमितको मृत्यु भएको छ ।
आज १० हजार ६१३ पीसीआर र ३ हजार १९८ को एज्टीजेन गरि १३ हजार ८११ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट थप १ हजार ९२५ जना संक्रमित कोरोना मुक्त भएका छन् । हाल देशभर ३१ हजार ६२९ जना सक्रिय संक्रमित रहेका छन् ।
आज थपिएका संक्रमितहरु मध्ये ७७० जना काठमाडौं उपत्यकाका रहेको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ५५६, ललितपुरमा ११५ र भक्तपुरमा ९९ जनालाई संक्रमण पुष्टि भएको हो ।