काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा थप ३० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १७ लाख २५ हजार ३९९ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ११ हजार ४६९ जना संक्रीय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ४२० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २५ हजार २२८ पुगेको छ ।