काठमाडौं- काठमाडौंमा २२ साउन देखि कोभिडबिरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाउँने भएको छ ।
जिल्ला खोप समन्वय तथा अनुगमन समितिको मंगलबार बसेको बैठकले २२ देखि २४ साउनसम्म दोस्रो डोज खोप दिने निर्णय गरेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
५५ बर्ष माथिका वा सो भन्दा माथि यमेर समुहका, शिक्षक, प्राध्यापक, सवारी चालक, अत्यावश्यक सेवामा खटिएका व्यक्तिहरु जसको पहिलो मात्राको खोप लगाएको एक महिना पुगेको छ उनीहरुलाई दोस्रो मात्रा खोप दिइन लागेको स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए ।
खोप लिन जानु अघि आफ्नो नाम सबैलाई विद्युतीय दर्ता गर्न समेत अनिवार्य गरेको बताए । अब विद्युतीय दर्ता नम्बर र खोप कार्ड लिएर मात्रै दोस्रो डोज लिन पाइनेछ उनले भने ।
त्यस्तै पहिलो मात्रा लगाउदा दिएको काडए पनि अनिवार्यरुपमा सँगै लिएर जानस पर्ने छ ।