काठमाडौं- नेपाल फेरि कोरोना संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो चौबिस घण्टामा देशभर थप ४ हजार सय १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार १६ हजार २९८ जनाको कोभिड १९ परीक्षण भएकोमा ४ हजार १०७ जनाको रिपोट पोजेटिभ आएको हो ।
जसमध्ये काडमाडौँ उपत्यकाका मात्र १ हजार २७९ जना रहेका छन् ।
त्यसैगरी थप ३५ जना संक्रमितको मृत्यु भएको छ । भने १ हजार ५ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ७१४ र भेन्टीटरमा १५६ जना संक्रमित उपचाररत रहेको छन् ।