काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५३२ जनाको मृत्यु भएको छ योसँगै त्यहाँ ज्यान गुमाउँनेको संख्या ४ लाख २६ हजार ३२१ पुगेको छ ।
चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार ८१७ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १८ लाख १० हजार ७८२ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १७ हजार २३८ जना संक्रीय संक्रमित छन् ।