काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन महिना पछाडि कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ ।
साउन महिनामा ५३ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने पूर्वानुमान गरेको स्वास्थ्य मन्त्रालयले यो सङ्ख्या घट्दै गएर मङ्सिर महिनासम्ममा २५ हजारको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको छ ।
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले आज संसद्को शिक्षा स्वास्थ्य समितिमा मङ्सिर महिनामा सङ्क्रमितको सङ्ख्या अझै घटेर २५ हजार १ सय ८३ पुग्ने सम्भावना रहेको बताए ।
साउनदेखि मङ्सिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।