काठमाडौं- भुटान सरकारले दिएको झन्डै तीन लाख डोज अष्ट्राजेनेको खोप काठमाडौं आइपुगेको छ।
खोप ल्याएर आएको भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
भुटान सरकारले आफ्ना योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो।
भुटानबाट आएको खोप नेपालमा कोभिसिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका जेष्ठ नागरिकलाई दिइने खोप शाखाले जनाएको छ।