काठमाडौं- कोरोना विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट दोस्रो मात्रा लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन २२ गते आज बसेको सचिव स्तरीय बैठकले पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्रा लगाउने निर्णय भएको खोप शाखा प्रमुख डा।झलकशर्मा गौतमले जानकारी दिए ।
भुटानबाट आएको २ लाख ३० हजार डोज र जापानबाट भोली र पर्सि गरि ८ लाख डोज एष्ट्रेजेनेकाको खोप आउँने भएपछि पहिलो डोज लगाउका जेष्ठ नागरिकहरुलाई दोस्रो मात्रा लगाउान लागिएको उनले बताए ।
खोप लगाउँन जादा सबैले अनिवार्यरुपमा पहिलो मात्राको खोप कार्ड लिएर आउने जना सबैलाई शाखा प्रमुख डा.गौतम दोस्रोले आग्रह गरेका छन् ।