काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जना मा कोरोना भाइरसका संक्रमण पुुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८३६ जनामा सङ्क्रमण पुष्टि भएसँगै कुल संक्रमित हुँनेको संख्या दुई लाख ८२ हजार ८०९ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा २०८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार ८१२ जना निको भइसकेका छन् ।
त्यस्तै थप चार जना कोरोना संक्रमितको मृत्युको भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ७० जनाको मृत्यु भएको छ ।
हाल पाँच हजार आठजना आइसोलेशनमा र ७७ जना क्वारेन्टिनमा छन् ।