काठमाडौं- सरकारले सोमबारदेखि ६५ वर्ष र सो भन्दा माथिका नागरिकलाई अस्ट्राजेनिका खोप दिने भएको छ।
दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्ष र सो भन्दा माथिका लगभग १४ लाख नागरिकलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जानकारी दिएको छ।
साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप अभियान सुरू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले बताए ।
कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतीक्षामा रहेकालाई अस्ट्राजेनेका खोपको दोस्रो मात्रा दिने तयारी छ। दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ।
भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत अस्ट्राजेनेका खोप प्राप्त भएको हो। वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मिर्गौलाले काम नगरी डायलासिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ।