काठमाडौं - सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै चैत्रसम्ममा सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोना बिरुद्धको खोप दिइने भएको छ ।
समारोहमा साझा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नेपाली काँग्रेसका महामन्त्री एवं न्यूनतम साझा कार्यक्रम कार्यदलका संयोजक पूर्णबहादुर खड्काले सरकारले कोरोना भाइरस महामारी नियन्त्रणका लागि विशेष कदम चाल्ने र त्यसका लागि आगामी चैतसम्म सबै नेपालीलाई निःशुल्क कोरोना खोप दिइने योजना रहेको बताएका हुन् ।
कार्यदलका संयोजक खड्काले नेपालमै कोरोना खोप उत्पादनका लागि पहल गर्ने जानकारी दिए ।