नेपालगन्ज- बाँकेमा थप २३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बर्दियाका १२ जना, बाँकेका ६ जना, दाङका २ जना तथा सल्यान, सुर्खेत र जाजरकोटका १र१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म बाँकेमा १७ हजार ७ सय २५ जना संक्रमित भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।
भेरी अस्पताल परीक्षणमा १९ जना र मेडिकल कलेज कोहलपुरमा ४ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन ओलीले बताए ।
बाँकेमा हालसम्म ३ सय २३ जना संक्रमितको मृत्यु भएको उनले बताए ।
त्यसैगरी, आज ७ जना डिस्चार्ज भएका छन् । हालसम्म मध्ये १७ हजार २ सय ९३ जना निको भई डिस्चार्ज भएका छन् ।
जिल्लामा १२९ जना सक्रिय संक्रमित रहँदा ३० जना अस्पताल र आइसोलेसनमा छन् भने ११८ जना होम आइसोलेसनमा छन् ।