काठमाडौं— कोरोना भाइरसको संक्रमण हुनबाट बच्नका र धुलोधुवाबाट बच्नका लागि हामी सबैले मास्क लगाउँनु पर्छ भनेर थाहा नै छ र तर लगाइसकेको मास्कलाई के गर्ने त ? भनेर सबैलाई थाहा नहँुन पनि सक्छ । प्रयोग भइसकेको मास्क जथाभावी फाल्नुहुँदैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्कलाई विसर्जन गर्ने विभिन्न तरिकाहरु सुझाएको छ ।
- मास्क खोल्नु अगाडी साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने
- मास्क खोल्दा छेउको डोरी समातेर खोल्ने र बिचको भाग सकेसम्म नछुने
- मास्क खोलिसकेपछि मास्कलाई प्लास्टिकको झोलामा सजिलै खोल्न नमिल्ने गरी बाँधेर राख्ने
- संक्रमित व्यक्तिले लगाएको वा संक्रमित व्यक्तिसँग सम्पर्कमा आउँदा लगाइएको मास्कलाई दुई तह झोलामा राख्ने
- मास्क राखेको झोलाको मुख बन्द गर्ने र त्यस झोलालाई सामान्य घरेलु फोहोरसँगै राखी विसर्जन गर्ने
- विसर्जन गरिसकेपछि फेरी साबुन पानीले हात धुने