नेपालगन्ज- बाँकेका तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु मधये बाँकेका १७ जना, बर्दियाका ६ जना, दाङका ३ जना, अछामका ३ जना, सल्यानका २ जना, दैलेखका २ जना, सुर्खेतका २ जना र जाजरकोटका १ जना रहेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।
फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पताल परीक्षणमा १६ जना, मेडिकल कलेज कोहलपुरमा १४ जना र बागेश्वरी ल्याबमा ६ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै बाँकेमा आज थप १४ जना डिस्चार्ज भएका छन् । हालसम्म बाँकेमा १७ हजार ७ सय ४९ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ३ सय १५ जना निको भई डिस्चार्ज भइसकेका छन् ।
जिल्लामा १४६ जना सक्रिय संक्रमित रहँदा ३४ जना अस्पताल र आइसोलेसनमा छन् भने १३४ जना होम आइसोलेसनमा छन् ।