काठमाडौं- पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोहि अवधिभर थप ३० जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले बुधबार दिएको जानकारी अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज काठमाडौं उपत्यकामा ९६४ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ७९६ र भेन्टीलेटरमा १८४जना संक्रमित उपचाररत रहेको प्रबक्ता डा पौडेलले बताए ।
त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट १० हजार १८० जनाको निधन भएको छ ।