अछाम- अछाम जिल्लामा ५३ हजार बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
कोरोना भाइरस बिरुद्धको खोपहरु कोभिसिल्ड, भेरोसेल तथा जोन्सन एण्ड जोन्सन गरी अछामका करिब ५३ हजार १ सय ९२ जनाले लगाएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताए ।
अहिले तेस्रो चरणको खोप अभियान अन्तर्गत जिल्लामा ८ हजार १ सय ४० बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । यही साउन २५ गतेबाट अछाममा तेस्रो चरणको खोप अभियान सुरु गरिएको उनले बताए ।
अछामका शिक्षकहरूलाई भेरोसेल खोपको पहिलो र दोस्रो मात्र लगाइने छ । कोभिशिल्डको पहिलो मात्रा २० हजार ५ सय ७४ र ३ हजार २ सय ८ जनाले दोस्रो मात्रा लगाएका छन् ।
यस्तै भेरोशिलको खोप अन्तर्गत १९ हजार ८ सय १९ जनाले पहिलो मात्रा र १ हजार ४ सय ५१ जनाले दोस्रो मात्रा खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी शम्भुनारायण पन्तले जानकारी दिए ।
अछाममा गत बर्षको माघ १४ गते कोरोना विरुद्धको खोपको पहिलो चरण सुरु गरिएको थियो ।