काठमाडौं- कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ ।
काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा राति आठ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने आदेश जारी भएको छ। उपत्यकामा बिहीबारदेखि भदौ ८ गतेसम्मको लागि निषेधाज्ञा लम्ब्याइएको छ।
यो अवधिभर राति आठ बजेपछि अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन पाइने छैन।