चिकित्सकहरूका अनुसार एमआईएस-सीका लक्षणहरू देखिने बित्तिकै बालबालिकालाई अस्पताल लानु उपयुक्त हुन्छ।

एमआईएस-सी नवजात शिशुदेखि १९ वर्षसम्मका किशोरकिशोरीमा समेत पाइएकाले किशोरकिशोरीले आफैँले पनि यस्तो समस्या देखा पर्दा अस्पताल जा नसक्ने उनीहरूको सुझाव छ।

विशेषगरी ८ देखि १० वर्षका बालबालिकामा यस्तो समस्या धेरै देखापरेको डा.अग्रवालले बताए।

उनका अनुसार कान्ति अस्पतालमा हालसम्म ४० जनाभन्दा बढी यस्ता बिरामी आएको र त्यसमध्ये केही बालबालिकाको निधन नै भएको छ।

त्यसैले उनी बालबालिकालाई १०० डिग्रीभन्दा बढी ज्वरो आएमा, आँखा रातो भएमा र जीउमा डाबर देखा परेमा तत्कालै अस्पताल आउन सुझाव दिन्छन्।

त्यस्तै निरन्तर झाडापखाला लागेमा र सास फेर्न गाह्रो भएमा पनि अस्पताल जानुपर्ने उनको सुझाव छ।

डा. आचार्यका भनाइमा कोभिड भएका बालबालिकाप्रति अझ बढी सचेत हुनुपर्ने देखिन्छ।

त्यस्तै एमआईएस-सी हुनबाट बच्नका लागि कोभिडबाट बच्ने उपायहरू अपनाउन पनि उनी सुझाव दिन्छिन्।