काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २६२४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १९४७ र एन्टिजेन विधिबाट ६७७ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ३० हजार ४७९ र एन्टिजेनबाट ७४ हजार ७११ जना पुगेको छ ।
यस्तै, आज थप १३२० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ जना पुगेको छ । निको हुनेको दर ९३.२ प्रतिशत छ ।
आज संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार २५९ पुगेको छ ।