काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २२१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ सोहि अवधिभर थप ३३ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १७९३ जना र एन्टिजन परिक्षण गर्दा ४१९ जना गरि जम्मा २२१२ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै थप २४ घण्टामा १८६७ जना कोरोनामुक्त भएका छन् । यससंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ८२ हजार ६८२ जना पुगेको छ । त्यस्तै आज कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ रहेको छ ।
हाल नेपालभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।