झापा- झापामा कोरोना सङ्क्रमणबाट एकै दिन पाँच जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले आइतबार जिल्लाका विभिन्न अस्पतालमा पाँच जना सङ्क्रमितको मृत्यु भएको बताएको छ ।
स्वास्थय कार्यालयका अनुसार मृत्यु हुनेमा कोरोना सङ्क्रमणबाट भद्रपुर १ का ५५ वर्षीया महिला, कनकाई ३ का ३५ वर्षीय पुरुष र मोरङ लेटाङ ४ ९३ वर्षीया महिलाको विर्तामोडस्थित बीएण्डसी हस्पिटल, मेचीनगर ६ का ३८ वर्षीय पुरुषको बिर्ता सिटी अस्पताल र दमक २ का ८५ वर्षीय पुरुषको आम्दा अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै झापामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५१५ पुगेको छ ।