काठमाडौं- आज साउन महिनाको अन्तिम सोमबार कोरोना कहरका बिच पनि शिव भक्तजनहरुले पशुपतिनाथ गई पुजाआरधना गरेका छन् ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालु भक्तहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्ने गरेका छन् ।
कोरोना संक्रमणका कारण पशुपतिनाथ मन्दिरको ढोकाहरु बन्द भएपछि श्रद्धालुले मन्दिरको बाहिरबाटै पुजा गरेर फर्किएका छन् ।
साउन महिनालाई हिन्दुहरु भगवान् शिवको प्रिय महिनाको रूपमा मान्छन्। त्यसमा पनि सोमबारलाई विशेष मानिन्छ ।
साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथका केहि तस्विर: