भरतपुर- भरतपुर अस्पतालले यहाँ उपचार गर्न आउने बिरामीलाई अत्यावश्यक अवस्थाबाहेक अन्य समयमा अस्पताल नआउन अनुरोध गरेको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवारीले आज सार्वजनिक सूचना जारि गर्दै कोरोनाका बिरामीको चाप अस्पतालमा बढ्दै गएकाले आवश्यक अवस्थामा मात्रै अस्पताल आउन अनुरोध गर्नुभएको हो ।
सूचनामा भनिएको छ, “अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइएको श्यया सङ्ख्याभन्दा बढी सङ््ख्यामा बिरामीको उपचार गर्नुपरेको, सघन उपचर कक्ष, एचडियु, भेन्टिलेटर एवं अक्सिजन आवश्यक पर्ने बिरामीको सङ्ख्या अत्याधिक रहेको तथा कोभिड सङ्क्रमित बिरामीको मुत्युदर उच्च रहेको सन्दर्भमा आगामी दिनमा कोभिड सङ्क्रमित बिरामीको उपचार व्यवस्थापन थप कठिन हुँदै जाने देखिन्छ ।”
अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन तथा जथाभावी नडुल्न तथा घरबाट बाहिर निस्कनै पर्ने भएमा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न सूचनामा सबैलाई अपिल गरिएको छ ।