काठमाडौं- पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोहि अवधिभर ३५ जना संक्रमितको मृत्यु भएको छ ।
१० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४५८ जना कोरोना मुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ जना रहेका छन् ।
जसमध्ये ३६ हजार ३७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ७३९५ जना आईसीयू र १९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।