काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० जना संक्रमित थपिएका हुन् ।
गत २४ घण्टामा देशभर ३४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप २१०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ ।