काठमाडौँ, ३ भदौ । चीनबाट खरीद गरिएको कोभिडबिरुद्धको खोप भेरोसेलको ६० लाख डोज मध्ये ८ लाख डोज गएराती १२ बजे काठमाडौँ आईपुगेको छ भने थप ८ लाख खोप आजै आउने भएको छ । नेपाल एयरलायन्सकै जहाजले चीनको प्रान्तीय शहर तियनजीनबाट आज बेलुका ८ बजे थप ८ लाख डोज भेरोसेल ल्याउने भएको हो । खोप लिनका लागि विहान ७ :४५ बजे जहाज त्यस तर्फ उडिसकेको छ ।
सरकारले चिनिया कम्पनी सिनोफार्मसंग नन् डिस्क्लोजेवल एग्रीमेन्ट गरी ६० लाख खोप खरीद गर्ने निर्णय गरेको थियो । खरीद गरिएको १६ लाख डोज आज बेलुकासम्म आइपुगेपछि बाँकी ४४ लाख पनि अगष्ट महिना भित्रै आइपुग्ने बताइएको छ ।