काठमाडौँ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको थप एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको २ लाख ८ हजार ७ सय डोज खोप शनिबार बिहान जहाजमार्फत काठमाडौँ आइपुगेको हो ।
स्वास्थ्य सेवा विभागकाे खोप शाखाका अनुसार १६ लाख डोजमध्ये ९ लाख खोप यसअघि नै आइसकेको र अब बाँकी रहेको खोप आगामी सोमबार नेपाल आउनेछ ।
शुक्रबारसम्म ३७ लाख ९९ हजार १७८ जनाले कोरोना विरुद्धको पूर्ण र ४९ लाख ७ हजार ५२३ जनाले पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।