काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९२० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७०२ र एन्टिजेन विधिबाट २१८ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ४७ हजार ४३३ र एन्टिजेनबाट ८० हजार २०९ जना पुगेको छ ।
यस्तै, आज थप २२४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ जना पुगेको छ । निको हुनेको दर ९३.४ प्रतिशत छ ।
आज संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ५०९ पुगेको छ ।