काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २५२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०२० र एन्टिजेन विधिबाट ५०५ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
सोही अवधिमा २०८६ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५१ हजार १२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८० हजार ९६७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै संक्रमितमध्ये हालसम्म ७ लाख २ हजार १८३ पुगेको छ । यस्तै मृतकको कुल संख्या १० हजार ५८६ पुगेको छ ।