काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६८९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जना संक्रमित थपिएका हुन् ।
गत २४ घण्टामा देशभर २५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप २०८६ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ ।