काठमाडौँ, ९ भदौ । काठमाडौँमा कोभिड–१ भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँले आगामी ११ भदौ देखि जिल्लाभर तीन दिनसम्म दोस्रो मात्रा दिने योजना बनाएको छ ।
यसअघि स्वास्थ्य कार्यालय काठमाडौँले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार भेरोसेलको पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समुहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप दिन लागिएको हो।
दोस्रो मात्रा खोप लगाउन जाने ब्यक्तिले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर ल्याएको आधारमा खोप दिइने छ् ।