काठमाडौँ, भदौ १२ गते । हालसम्म नेपालमा ५० लाख भन्दा बढीले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. पौडेलले शुक्रबारसम्म नेपालमा ५० लाख ६३ हजार ५२२ जना व्यक्तिले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेको जानकारी दिनुभयो ।
उहाँले ४० लाख ५२ हजार ७६५ जना व्यक्तिले कोरोनाको दोस्रो मात्रा खोप लगाइसकेको बताउनुभयो । डा. पौडेलले हालसम्म २० लाख ५२ हजार ७७ जनाले कोभिसिल्ड / एस्ट्राजेनेका खोपको पहिलो मात्रा पाएका छन् भने १० लाख ५९ हजार ७७८ जनाले पूर्ण खोप अर्थात दुबै मात्रा खोप पाइसकेका छन् ।
३० लाख १२ हजार ४४५ जनाले भेरोसेल खोपको पहिलो मात्रा र १६ लाख ४५ हजार २३८ जनाले दुबै मात्रा खोप लगाइसकेका छन् । यस्तै एक मात्रा खोप लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको पूर्ण खोप १३ लाख ४७ हजार७४९ जनाले लगाइसकेका छन् ।