काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १८५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा संक्रमण पुष्टि भएको हो । शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप २२२२ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।