काठमाडाैं। विश्वभर महामारीको स्वरुप लिएको कोभिड–१९ बाट पछीलो १८ महिनामा विश्वभर अहिलेसम्म ४५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
विश्वका सबै मुलुकमा फैलिएको कोभिडबाट आइतबारसम्म ४५ लाख ८ हजार मानिसको मृत्यु भएको वल्डोमिटरको तथ्यांकमा उल्लेख छ ।
चीनको वुहान प्रान्तबाट फैलिएको कोभिडबाट अहिलेसम्म २१ करोड ६७ लाख ६६ हजार सात सय संक्रमित बनेकोमा १७ करोड ३६ लाख ९७ हजार जना उपचारपछि निको भएका छन् ।
कोभिडबाट सबैभन्दा धेरै ६ लाख ५४ हजार ३ सय ८१ अमेरिकीको ज्यान गएको छ ।
अमेरिकापछि ब्राजिलका मानिसको धेरै मृत्यु भएको छ । बाज्रिलमा कोभिडबाट सोमबारसम्म पाँच लाख ७९ हजारको मृत्यु भइसकेको छ । त्यस्तै छिमेकी मुलुक भारत कोभिडका कारण सर्वाधिक मृत्यु हुने देशको तेस्रो सूचीमा परेको छ । भारतमा चार लाख ३८ हजारको मृत्यु भइसकेको छ ।