हिमालयन बैंक लिमिटेडले ग्राहका लाई मध्यनजर राखी आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा भाद्र १० गते बिहिबारदेखि गौरीघाट, लेकसाइड, पोखरा–६, गण्डकी प्रदेशमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ । यसका साथै बैंकको कूल शाखा संख्या ७१, विस्तारित काउन्टर संख्या ५, एटिएम संख्या १४६ पुगेको छ।५००० भन्दा बढी पि ओ एस टर्मिनल संख्या पुगेको छ ।
विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन्।