काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना संक्रमित थपिएका हुन् ।
गत २४ घण्टामा देशभर २२९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १८०८ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।