आज कोरोनाभाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ७३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा २२९५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ६१ हजार १२४ र एन्टिजेनबाट ८३ हजार ३६४ जना पुगेको छ ।
यस्तै, आज थप २८०८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख १४ हजार ५२० जना पुगेको छ । निको हुनेको दर ९३.९ प्रतिशत छ ।