काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १६६४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५२३ र एन्टिजेन विधिबाट १४१ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ६२ हजार ६४७ र एन्टिजेनबाट ८३ हजार ५०५ जना पुगेको छ ।
यस्तै, आज थप १७८६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख १६ हजार ३०६ जना पुगेको छ । निको हुनेको दर ९३.९ प्रतिशत छ ।
आज संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ७५० पुगेको छ ।