काठमाडौँ, १६ भदौ । असोज अन्तिमसम्म एक तिहाई जनतालाई खोप पुर्याउने लक्ष्य लिएको सरकारले मंगलबारसम्म पहिलो डोज १८ प्रतिशतले र १५ प्रतिशतले पूर्ण खोप लगाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखा नेतृत्वमा रहेका डा झलक गौतमले सो जानकारी दिएका हुन् ।
गत माघ १४ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म १ करोड ९२ हजार १६४ डोज खोप प्रयोग भएको छ । सरकारले आगामी चैत मसान्तसम्म सबै नागरिकलाई पूर्ण खोप दिने प्रतिवद्धता जनाएको छ ।
खोप लगाउनका लागि तोकिएका २ करोड १७ हजार व्यक्तिहरुमध्ये ५४ लाख २४ हजार ८३६ जना ( १८ प्रतिशत) र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना ( १५.४ प्रतिशत) पुगेको छ । पहिलो र पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड ९२ लाख १६४ जना रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसै साता जिम्मेवारी हेरफेर गर्दै विभागकै व्यवस्थापन महाशाखामा सरुवा गरेपछि डा गौतमले आजबाट खोप शाखा छाडदै छन् ।
नेपालमा अहिलेसम्म कोभिडविरुद्धको खोपमा कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका र एण्ड जोनसनको खोप प्रयोग भइरहेको छ ।
हेरौं नेपालको कुन प्रदेशमा कुन खोप कतिले लगाए :