काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले करिब पाँच महिनापछि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
तर, प्रमुख जिल्ला अधिकारीहरुले केहि आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने बताएका छन् ।
काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन गर्ने निर्णय गर्नुका साथै स्थानीय तहहरु र जिल्ला कोभिड संकट व्यवस्थान केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरेर मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्न पाइने भएको छ ।
त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ। ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ। स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइनेछ।