काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ जना संक्रमित थपिएका हुन् ।
गत २४ घण्टामा देशभर २००४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १८४६ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।