काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६६७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ जना संक्रमित थपिएका हुन् ।
गत २४ घण्टामा देशभर १७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २२७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।