काठमाडौँ, भदौ २० गते । काठमाडौँमा पूर्ण खोप लगाउनेको जनसङ्ख्या शुक्रबार बेलुकासम्म नौ लाख १४ हजार ४८५ जना पुगेको छ भने पहिलो मात्रा लगाउनेको जनसङ्ख्या ११ लाख सात हजार ९८० जना रहेको छ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार शुक्रबारसम्म ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् भने पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत पुगेका छन् ।